बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

पोस्टमार्टम रिपोर्टबाट खुल्यो भागरथी हत्याको यस्तो रहस्य !

पोस्टमार्टम रिपोर्टबाट खुल्यो भागरथी हत्याको यस्तो रहस्य !

  • मिडिया डबली
  • सोमवार, माघ २६ २०७७

  • 6.8K
    SHARES

  • पोस्टमार्टम रिपोर्टबाट खुल्यो भागरथी हत्याको यस्तो रहस्य !

    काठमाडौं – बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या बलात्कारपछि भएको पुष्टि भएको छ ।

    जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टमले भागरथीको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको छ ।

    पोस्टमार्टममा संलग्न चिकित्सकहरूले बलात्कारपछि हत्या भएको रिपोर्ट प्रहरीलाई दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    स्रोतका अनुसार भागरथीले प्रतिकार गर्दा टाउको र हातमा चोट लागेको, घाँटीमा पनि निलडाम देखिएको, यौनाङ्गमा समेत घाउ रहेको पाइएको छ ।

    ‘हिजोसम्म हामी हत्या मात्रै वा बलात्कारपछि हत्या भन्ने कुरामा द्विविधामा थियौं । अब बलात्कारपछि हत्या भन्नेमा पुग्यौं,’ प्रहरी स्रोतले भन्यो ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले समेत घटनास्थल पुगेर अनुसन्धानको निरीक्षण गरेका छन् ।

    गत बिहीवार मृत फेला परेकी भागरथीको बलात्कारपछि हत्या भएको हुन सक्ने परिवारले आशंका गरेपछि शुक्रवारदेखि नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डे नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

    नेपाल प्रहरीको केन्द्रय अनुसन्धान ब्युरो (सीआईबी)ले समेत घटनाको अनुसन्धान गरिरहेको छ । हालसम्म शंकास्पद ७ जनामाथि सोधपुछ गरिसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताएका छन् । भागरथीले प्रयोग गर्ने मोबाइल, उनको फेसबुक लगायतको विश्लेषण समेत प्रहरीले गरिरहेको छ ।

    भागरथी हत्या घटनाको सूक्ष्म तरिकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

    सनातन धर्म माध्यमिक विद्यालयमा १२ कक्षामा पढ्ने भागरथी गत बुधवार विद्यालयबाट नफर्केपछि खोजी गर्दा बिहीवार मृत फेला परेकी थिइन् । उनको वीभत्स तरिकाले हत्या भएको पाइएको थियो ।

    भागरथीको शरीर क्षतविक्षत रहेको र तल्लो शरीर निर्वस्त्र हुनुका साथै रक्ताम्य अवस्थामा भेटिएको थियो । भट्ट विद्यालयबाट घर फर्किने बाटोमा बिहीवार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको हो ।

    घटनाको विरोध र अभियुक्त पक्राउको माग राखी आईतबार बैतडी जिल्ला प्रशासन अगाडि प्रदर्शन गरिएको छ । जिल्लाको खोचलेक बजार, पाटन बजार, मेलौली, पुर्चौडी लगायतका ठाउँमा प्रदर्शन गरिएको छ ।

    युवा अभियन्ता महेश भट्टले अभियुुक्त पक्राउका लागि दबाब दिन जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिएकोे बताए । स्थानीय नागरिक, महिला अधिकारकर्मी, विभिन्न पेशाकर्मीको सहभागितामा प्रदर्शन गरिएको भट्टले जानकारी दिए ।

    प्रदर्शनका सहभागीले भागरथीलाई न्याय दिनुपर्ने, बलात्कारीलाई सजाय दिनुपर्ने भन्दै चर्को नाराबाजी गरेका छन् । भागरथीका हत्यारा पत्ता नलाग्दासम्म आन्दोलन जारी रहने अभियन्ताहरुले बताएका छन् ।

    शवको पोस्टमार्टम गरिए पनि शव आफन्तले बुझेका छैनन् । शव जिल्ला अस्पताल बैतडीको शवगृहमै रहेको छ । स्थानीय घनश्याम भट्टले हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने बताएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ३० २०७७०६:२७:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend