बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

भागरथी भट्टका बलात्कारी हत्यारा खोज्न यस्तो ‘आइडिया’ लगाउँदै प्रहरी

भागरथी भट्टका बलात्कारी हत्यारा खोज्न यस्तो ‘आइडिया’ लगाउँदै प्रहरी

  • मिडिया डबली
  • बुधवार, माघ २८ २०७७

  • 4.4K
    SHARES

  • भागरथी भट्टका बलात्कारी हत्यारा खोज्न यस्तो ‘आइडिया’ लगाउँदै प्रहरी

    काठमाडौं – बलात्कार र हत्या प्रकरणमा पटक–पटक विवादास्पद अभिव्यक्ति दिँदै आएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मंगलबार गृह मन्त्रालयमा पुगेको नेपाल विद्यार्थी संघ (नेविसंघ) टोलीसँग भागरथी भट्ट हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएको र छिट्टै सफलता मिल्ने बताएका थिए ।

    भागरथी भट्ट प्रकरणमा मोबाइलको प्रयोग भएको पाइएकाले निर्मला प्रकरण जस्तो जटिल नभएको जानकारी प्रहरीले गृहमन्त्रीलाई दिएको थियो । प्रहरीकै जानकारीका आधारमा गृहमन्त्री थापाले अभिव्यक्ति दिएका थिए ।

    गृहमन्त्री थापाले जटिल नभएको अभिव्यक्ति दिए पनि भागरथी हत्याकाण्डमा अभियुक्तसम्म पुग्ने गरी कुनै स्पष्ट प्रमाण फेला परेको छैन । प्रहरी संकलन भएका विभिन्न प्रमाणको प्राविधिक परीक्षण र विश्लेषणमा लागेको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले भागरथी प्रकरणमा प्राविधिक पक्षको अनुसन्धानलाई जोड दिइएको बताए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु नेतृत्वको टोली अनुसन्धानमा खटिएको छ ।

    टोलीले भागरथी हराएको बुधवारदेखि बिहीवार साँझसम्म बैतडीको दोगडाकेदार नगरपालिका–७ स्थित घटनास्थल आसपासको क्षेत्रमा सक्रिय मोबाइल नम्बरहरूको विश्लेषण गर्न थालेको छ । घटना भएको आसपासको समयमा धेरै नम्बरहरू सक्रिय नभएकाले थोरै नम्बरमा विश्लेषण गर्न सहज हुने बताइएको छ ।

    घटनास्थल नजिकै भेटिएको भागरथीको मोबाइल फोनको कल डिटेल रेकर्ड (सीडीआर) निकालेर समेत प्रहरीले विश्लेषण गर्दैछ । भागरथीले एउटा एनटीसी र अर्को भारतीय सीमकार्ड प्रयोग गर्ने गरेको पाइएको छ ।

    भागरथीको मोबाइलबाट केही विषय डिलिट गरिएको समेत हुनसक्ने आशंकामा प्रहरीले परीक्षणका लागि प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा मोबाइल पठाएको छ ।

    जिल्ला अस्पताल बैतडीमा भागरथीको भजाइनल स्वाब निकालेर परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र परीक्षणको क्रममा रहेको छ । प्रयोगशालामा स्वाबमा पुरुषको वीर्य भए/नभएको जाँच हुने र आवश्यकता अनुसार डीएनए परीक्षण समेत हुने प्रहरी स्रोतले जानकारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ३० २०७७०६:२७:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend