काठमाडौं - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चितवनमा पूर्वमन्त्री तथा नेकपाका नेता सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहारको भत्र्सना गरेका छन्।
केपी ओली समूहले पाण्डेलाई त्यहाँ अभद्र व्यवहार गरेको हो। भट्टराईले चितवनको हुलहुज्जत बहुदलीय जनवादको कोर्स नभएको भन्दै ओली समूहलाई व्यंग्य गरेको हो। शनिबार बिहान चितवनको राप्ती नगरपालिकामा नेकपा स्थायी समित सदस्य सुरेन्द्र पाण्डेमाथि पार्टीकै अर्को समूहका कार्यकर्ताहरुद्वारा भएको दुर्व्यवहार गरेपछि मन्त्री भट्टराई आक्रोशीत भएका हुन्।
‘हुलहुज्जत बहुदलीय जनवादको कोर्ष होइन, बिमर्श, छलफल र फरकमतको सम्मान जबजको विशेषता हो,’ उनले ट्वीटरमा लेखेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।