काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको शक्तिको लडाइँले नेकपाको फुटको संघारमा पुगेको हो।
विवाद मिलाउन नेकपाभित्रका दोस्रो तहका नेताहरु सक्रिय भएपनि अध्यक्ष दाहाल, वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल एकातिर तथा ओली एकातिर हुँदा विवाद समाधान हुने अवस्थामा छैन। दाहालले आजको लागि सचिवालय बैठक नै डाकेका छन्। ओली पक्षले उक्त बैठक नगर्न दबाब दिइरहेका छन्। तर, दाहाल नेपाल पक्ष कुनै हालतमा पनि सचिवालय बैठक गरेरै छोड्ने मनस्थितीका साथ अघि बढेको छ।
नेकपाका नेताहरु पार्टी एकता गम्भिर संकटमा परेको अभिव्यक्ति दिइरहेका छन्। पर्यटनमन्त्रीसमेत रहेका योगेश भट्टराईले नेकपाभित्रको विवादलाई सर्वाधिक कठिन समयको रुपमा उल्लेख गरेका छन्। उनले आफ्नो ट्वीटरमा ‘सर्वाधिक कठिन समय’ भनेर लेखेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।