काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएसँगै पहिलो निर्णय थियो नेपाल तुइन मुक्त देश। तुइन मुक्त त अझै भएको छैन नै जोखिम स्थानमा आवश्यक भोलुंगे पुलसमेत निर्माण गर्न उनको सरकार असफल छ।
पहिलो पटक प्रधानमन्त्री हुँदा तुइमुक्त र अतिआवश्यक ठाउँमा झोलुंगे पुल निर्माण गर्ने बाचा गरेका ओलीले अहिलेसम्म त्यो पुरा गर्न सकेका छैनन। तुइन हटाउने सपना बाँडेका ओलीले तुइन भन्दा पनि जोखिम कच्ची पुल तरेर जनता नदी वारपार गर्नुपरिरहेको दृश्यलाई नजरअन्दाज गरिरहेका छन्।
ताप्लेजुङ जिल्लामा खोलामा बासले बनाइएको पुलबाट मानिसहरू तर्दै गरेको र निर्माण गरिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । त्यस्तै पर्यटन क्षेत्रमा धेरैले आश गरेका तर, आफ्ना कार्यकर्ता भर्ति र पर्यटन क्षेत्रमा केही गर्न नसकेका मन्त्री योगेश भट्टराईको जिल्लाको पुल पनि हो यो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।