मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण

पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण

  • मिडिया डबली
  • शनिवार, आश्विन २४ २०७७

  • 4.3K
    SHARES

  • पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण

    काठमाडौं - पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। मन्त्री भट्टराईले आफ्नो फेसबुबमा लेखेर आफूलाई कोरोना संक्रमण पुष्टि भएको र पछिल्लो समय आफ्नो सम्पर्कमा आएकाहरुलाई सचेत रहन भनेका छन्।

    उनले गत सोमबार कोरोना परीक्षण गर्दा भने कोरोना रिपोर्ट नेगेटिभ आएको बताएका छन्। त्यसपछि काठमाडौं बाहिरका केही कार्यक्रममा सहभागी भएर शुक्रबार काठमाडौं आइसकेपछि ज्वोरो आएर पुन कोरोना परीक्षणका लागि स्वाब जाँच गर्दा कोरोना देखिएको उनले भनेका छन्।

    ‘गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो,’ उनले लेखेका छन्,‘आज शनिबार पुन : कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् ।’

    उनले सामना गर्नुबाहेक अरु कुनै उपाए नभएको पनि उल्लेख गरेका छन्। ‘केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र?’ उनले लेखेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष ५ २०७७०८:०३:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend