बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

 बुधबार खुलामञ्चमा साझा पार्टीले खाना खुवाउने

 बुधबार खुलामञ्चमा साझा पार्टीले खाना खुवाउने

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १८ २०७७

  • 3.6K
    SHARES

  •  बुधबार खुलामञ्चमा साझा पार्टीले खाना खुवाउने

    काठमाडौं- काठमाडौं महानगरपालिकाले काठमाडौंको रत्नपार्कस्थित खुलामञ्चमा खाना खुवान रोकेपछि साझा पार्टीले यसको विरोध गर्दै बुधबार खाना खुवाउने भएको छ ।

    केही परोपकारी समूहहरूले खुलामञ्चमा खाना खुवाउँदै आएका थिए । तर त्यसलाई महानगरले रोक लगाएको थियो । यसबीच सरकार र महानगरको निर्णयको विरोध गर्नका लागि साझा पार्टीले बुधबार खुलामञ्चमा खान खुवाउन लागेको हो ।  

    साझा पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, 'केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गर्दछ ।' 

    यसबाहेक, 'कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नुपर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नुपर्दथ्यो। तर उल्टो, नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो,' विज्ञप्तीमा उल्लेख छ ।

    साझा पार्टीले नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई खुलामञ्च लगायतका स्थानमा दैनिक सयौँ नेपाली दाजुभाइ, दिदीबहिनीको पीडामा मल्हम लगाइरहेका समूहहरूलाई सहयोग गर्न हार्दिक अपिल समेत गरेको छ।

    सो पार्टीले सरकारसँग यस्तो निर्णय तुरुन्त फिर्ता गर्न र कोरोना कहर कायम रहुञ्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’ या ‘माम’को व्यवस्था गर्न पनि माग राखेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ ३ २०७८०१:५६:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend