काठमाडौं । काठमाडौंले बिजेत भएको र फोहोर भएको भन्दै भोकाहरुलाई खाना खुवाइरहेका मनकारीहरुलाई खाना नखुवाउन निर्देशन दिएको छ। सार्वजनिक स्थलहरूमा खाना खुवाउँदा शहर अव्यवस्थित र फोहोर बनेको भन्दै खाना खुवाउन आउने र खान आउने कसैलाई पनि खुल्लामञ्चमा प्रवेश गर्न नदिन महानगरले नगरप्रहरीलाई निर्देशन दिएको छ।
कोरोना भाइरसको संक्रमणको प्रभावसँगै निम्न आय भएकाहरुलाई, दैनिक जिविकोपार्जनमा समस्या भएकाहरुलाई केही मनकारीहरुले सार्वजनिक स्थलमै खाना खुवाउँदै आइरहेका छन्।
महानगरले त्यहाँ खाना खान आउनेहरुको भीडले कोरोनाको जोखिम बढेको आरोप पनि लगाएको छ। महागरका प्रमुख विद्यासुन्दर शाक्यले चुनावमा गरेका बाचाहरु सबै भुलेर, आइसोलेशन बनाउने झुटो आश्वासन बाँडेको बिर्सिएर भोकाहरुको गाँस खोसेका हुन्। महानगरले कुनै पार्टी प्यालेसमा लगेर खाना खुवाउन भनेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।