मानिसहरुलाई महिनावारीका बेला यौन सम्पर्कको कुरा गर्दा गाह्रो महशुष हुनसक्छ । तर, सचेतना र सुरक्षित तरिकाले महिनावारीका बेला यौन सम्पर्क गर्दा महिलालाई भने फाइदा मिल्ने एक अध्ययनले देखाएको छ ।
साधारणतया कोही पनि स्वस्थ महिलाको महिनावारीका बेला हुने रक्तश्राव तीनदेखि पाँचदिनसम्म रहन्छ । तर, तकिबेला यो चाँडै नसकिएर महिलालाई समस्या हुनसक्छ ।
यसबेला यौन सम्पर्क गर्दा फाइदा मिल्ने देखिएको हो । एक स्वस्थ शरिर तपाईंको शरिरका लागि मात्र राम्रो नभई यसले तपाईंको महिनावारीको रक्तश्राव पनि चाँडै नै रोक्छ । यतिमात्र होइन । तपाईंलाई महिनावारीका बेला अत्यधिक पेट दुख्छ भनेपनि यसले सहयोग गर्नेछ ।
सेक्सको क्रममा तपाईंको गर्भाशयमा केही संकुचन हुने गर्छ । विशेषगरी तपाईं चरमोत्कर्षमा पुगेका बेला यस्तो हुन्छ । यी संकुचनका कारण रगत एक झट्कामा शरिरबाट बाहिर निस्कन्छ । र तपाईंको महिनावारी चाँडै नै समाप्त हुन्छ ।
यो तरिका सुरक्षित त छ तर, यसले सबैलाई शत प्रतिशत असर पुर्याउँछ भन्ने छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।