दैनिक खानपान, व्यस्थ जीवनशैली र स्वस्थ्यको लापरवाहीले ग्यास्ट्रीकको समस्या धेरै मानिसमा हुने गर्छ । ग्यास्ट्रीकको समस्या बढ्दै गएपछि यो अल्सरको रुपमा विकास हुन्छ ।
ग्यास्ट्रिकको समयमै उपचार नगर्दा लामो समयपछि अल्सर हुनसक्छ । अल्सरका लक्षणहरु यस्ता हुन्छन् ।
प्रायः जसो पेट फुलीरहन्छ र खाना खाएपछि या अरु बेला पनि बान्ता आईरहन्छ भने पनि अल्सरको लक्ष्मण हुनसक्छ ।
त्यस्तै सावीकको खाना खाईरहँदा नै तपाईको तौल घट्दै गईरहेको छ भने पनि यो अल्सरको समस्या हुने चिकित्सकहरु बताउँछन् । पेट दुखीरहनु केही खाएपछी दुख्न शुरु गर्नु अल्सरको संकेत हुनसक्छ ।
यस्तै छिटोछिटो भोक लागीरहनु र लामो समयसम्म कालो दिशा भईरहेको छ भने यो अल्सरको कारण हुने ब्लिडिङले भएको हुनसक्छ । त्यसकारण यदि यस्ता समस्या देखिएको छ । तत्काल चेकजाँच गराएर कतै आफुलाई अल्सरत भएको छैन् कि भनेर थाहा पाइहाल्नुपर्छ । समयमै अल्सरको पनि उपचार गरिएन भने झन ठूलो स्वास्थ्य समस्या हुन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।