आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सावधान ! यस्ताे खाना खाए खुइलिइन्छ तालु

सावधान ! यस्ताे खाना खाए खुइलिइन्छ तालु

  • मिडिया डबली
  • बिहिवार, भाद्र २५ २०७७

  • 7.6K
    SHARES

  • सावधान ! यस्ताे खाना खाए खुइलिइन्छ तालु

    एजेन्सी- धेरै मानिसमा तालु खुइलिने समस्या हुन्छ । यो एक किसिमको रोग भएपनि खासमा २ प्रकारले तालु खुइलिने चिकित्सकहरु बताउँछन् ।

    ती हुन्, सिकाट्राइसियल र नन–सिकाट्राइसियल । सिकाट्राइसियलमा जन्मजात समस्या, सुन्निएको अवस्था, कोठी, चोटपटक वा क्यान्सरका कारण तालु खुइलिने हुन्छ । नन–सिकाट्राइसियलमा कहिलेकाहि सानो भाग मात्र खुइलिन्छ भने कहिले पूरा भाग नै ।

    खुइरे भनिने सानो भाग खुइलिने रोग वंशाणुगत गुण, मानसिक रोग वा ढुसी संक्रमणका कारण देखिन्छ । त्यस्तै पूरा भाग चाहिँ एलोपेसिया युनिभरसालिसका कारण खुइलिने हुन्छ ।

    चिकित्सकहरु कपाल खुइलिनबाट जोगिनका लागि यी कुराहरुमा ध्यान दिनुपर्ने बताएँछन् । जस्तै कि, तारेका खानेकुरामा अत्यधिक तेल भयो भने त्यसले टाउकोको कपालको प्वाल बन्द हुन्छ र कपाल तिब्र रुपमा झर्न सक्छ। त्यस्तै पेस्ट्रीज र केकमा हुने मैदा र चीनिले एन्ड्रोजन हर्मोनको स्तर बढाउँछ । यसले तीब्र रुपमा कपाल झर्छ ।

    सेतो पाउरोटी, पास्ताजस्ता रिफाइन्ड फूडमा पाइने स्टार्च चीनीमा परिवर्तन हुन्छ जसले कपाल पातलो हुन थाल्छ।आलुमा स्टार्चको मात्रा अत्यधिक हुन्छ जसले इन्सुलिनको स्तरलाई बढाउँछ र कपाल धेरै झर्छ ।

    पिज्जा खाँदा रगतमा चीनिको मात्रा बढ्छ र फ्रेन्च फ्राइमा समेत धेरै तेल र ट्रान्सफ्याट हुने हुँदा कपालको जरालाई पोषण पाउन दिँदैन । मिठाईलेका कारण ब्लड सुगर लेभल बढ्छ जसले हेयर फोलिकल्स खुम्चिने गर्दछ र कपाल झर्ने गर्दछ ।

    सोडा, कोलाजस्ता कार्बोनेटेड ड्रिङ्क्समा अत्यधिक चीनि र एसिडिक क्वालिटी हुन्छ । यसले कपाल धेरै झर्छ । रक्सी पिउँदा शरिरमा जिंकको शेचन स्लो हुन्छ जसले कपाल अत्यधिक झर्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०३:१५:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend