काठमाडौं- हरेक व्यक्तिले आफ्नो भोजनमा उचित मात्रामा गुलियो, नुनिलो, अमिलो, हल्का तितोपिरो स्वादलाई अनिवार्य रुपमा सामिल गर्दा शरीरमा पोषक तत्वको राम्रो पूर्ति हुने गर्दछ।
यद्यपी राति सुत्ने बेला र रातिको खानामा केही खानेकुराहरु भने खान नमिल्ने स्वास्थ्य अधिकारीहरु बताउँछन् । यहाँ केही कुराहरु राखिएको छ, जुन राति खान कम उचित हुने भनिएको छ ।
यी हुन राति खान नहुने खानेकुरा
दूध- यदि राति दूध पिउने बानी छ भने, यसलाई थोरै परिवर्तन गर्न आवश्यक पर्छ। रातमा कम फ्याट वा गाईको दूध मात्र सेवन गर्नुहोस् । रातमा दुध सेवन गर्दा जहिल्यै पनि तातो दुध पिउनुहोस, तातो दुधलाई शरीरले सजिलै पचाउन सक्छ।
मसलेदार खाना- रातमा मात्रै हैन दिनमा पनि कम मसलेदार खाना खानु पर्छ । मसलाले शरीरको ताप बढाउँदछ र भोक पनि धेरै लाग्ने हुन्छ। साथै, यसले पेट पोल्नेदेखि अन्य समस्याहरू निम्त्याउन सक्छ। जहिले पनि खानामा दालचिनी, सुप, मेथी र अलैंची प्रयोग गर्नुहोस्। यसले पेटको समस्याहरूलाई टाढा राख्न मद्दत गर्दछ ।
प्रोटिनको मात्रालाई कम गर्ने- बेलुकाको खानामा प्रोटिनयुक्त खाद्य पदार्थहरूको सेवनलाई कम गर्नुहोस् । उच्च प्रोटिन भएका खाना जस्ता जस्तै दाल, हरियो सागसब्जी, माछा, मासु, फलफुल लगायतका खानाहरु कम सेवन गर्नुपर्दछ।
दही- रातको समयमा दहिको साटो दुध सेवन गर्दा स्वास्थ्यलाई लाभदायक हुने गर्दछ। राति कहिल्यै पनि दहीको सेवन गर्नु हुँदैन। राति दहिको सेवनले छातीमा कफ जम्न तथा घ्यारघ्यार हुने गर्दछ । जसले गर्दा श्वासप्रस्वासमा समस्या उत्पन्न गराउँदछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।