आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सबैले जान्नैपर्ने : अण्डा कति खाने, ताजा हो कि हैन भनेर कसरी छुट्याउने ?

सबैले जान्नैपर्ने : अण्डा कति खाने, ताजा हो कि हैन भनेर कसरी छुट्याउने ?

  • मिडिया डबली
  • सोमवार, भाद्र २२ २०७७

  • 8.1K
    SHARES

  • सबैले जान्नैपर्ने :  अण्डा कति खाने, ताजा हो कि हैन भनेर कसरी छुट्याउने ?

    काठमाडौँ- अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। तर एकदिनमा कति अण्डा खानुपर्छ र अण्डा ताजा होकी हैन भनेर थाहा पाउन भने सबैले ख्याल गरेका हुँदैनन् ।

    अण्डा भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर हुन्छ। आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ। बेलायतका डाइटिसियन डा। फ्र्यांकी फिलिप्सका अनुसार एक दिनमा एक या दुइ अण्डामात्र खान सकिन्छ। 

    उनी भन्छन्, ‘धेरै अण्डा खाँदा डराउनुपर्दैन। तर के ध्यान दिनुस् भने कुनै पनि खानेकुरा बढी खानु भनेको अरु खानेकुुराबाट प्राप्त हुने पोषकतत्वबाट वन्चित रहनु हो।’

    चिकित्सकका अनुसार खानामा आवश्यकभन्दा दुई या तीन गुणा बढी प्रोटीनको उपभोगले मिर्गौलामा खराब असर गर्ने डर हुन्छ।  अण्डामा कोलेस्टेरोल हुन्छ भन्ने प्रमाणित भएपछि ब्रिटिश हार्ट फाउण्डेसनले सन् २००७ मा हप्तामा तीनवटा अण्डामात्र खाने सल्लाह दिएको थियो। 

    नेशनल हेल्थ सर्भिसका अनुसार अण्डामा केही कोलेस्टेरोल त हुन्छ तर  हाम्रो रगतमा पाइने कोलेस्टेरोलभन्दा कम हुन्छ। बेलायतका पूर्व स्वास्थ्यमन्त्री एडिविना कुरील सन् १९८८ को डिसेम्बरमा बेलायतमा उत्पादन भएका अधिकांश अण्डामा साल्मोनेला ब्याक्टेरिया हुने बताएकी थिइन्।

    यो ब्याक्टेरिया स्वास्थ्यका लागि खतरनाक मानिन्छ। स्वास्थ्यमन्त्रीको यो भनाईपछि त्यतिबेला बेलायतमा निकै हलचल मच्चिएको थियो। केहीसमयपछि एडविनाले राजीनामा नै दिनुपरेको थियो।

     तर साल्मोनेलाको मामलामा बेलायतको अण्डा आजकाल विश्वकै सुरक्षित मानिन्छ। डाइटिसियनका अनुसार अण्डा खानुछ भने सादा तरिकाले उमालेर खानुपर्छ। अमलेट बनाइएको या फ्राइ गरिएको अण्डामा कोलेस्टेरोलको मात्रा बढ्छ।

    यदि अण्डाको बोक्रा चर्किएको छ भने त्यस्तो अण्डा किन्नुहुँदैंन। किनभने त्यसमा ब्याक्टेरिया हुने खतरा हुन्छ। यसलाई फ्रिजमा ढाकेर राख्नुपर्छ। अण्डा ताजा हो कि होइन भन्ने जान्न एउटा कचौरामा चिसो पानी लिनुपर्छ।

    त्यसमा अण्डा हाल्नुपर्छ। यदि अण्डा डुब्छ भने त्यो ताजा हो, डुब्दैन भने त्यो ताजा होइन। कुखुराले अण्डा पारेको दिनदेखि २८ दिनसम्म खान योग्य हुन्छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०३:१५:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend