काठमाडौं - प्रधानमन्त्री केपी ओली समूहमा सबैभन्दा शक्तिशाली शंकर पोखरेल मानिन्छन् । त्यसपछि सुवासचन्द्र नेम्बाङ आउँछन् । पूर्वसभामुख पनि रहेकाले नेम्बाङ ओली गुटमा प्रभावशाली छन् । उनी नेकपा संसदीय दलका उपनेता पनि हुन् ।
प्रधानमन्त्री केपी ओली केही समयअघि मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा थिए । उनले खाली रहेका तीन मन्त्री मात्र नियुक्तिको तयारी गरेका थिए ।
ओलीले आफूलाई सुरुदेखि नै सहयोग गर्दै आएका खोटाङका विशाल भट्टराईलाई मन्त्री बनाउने निष्कर्ष निकाले । जसअनुसार भट्टराईलाई सूचना प्रविधि तथा सञ्चारमन्त्री बनाउने भनेर ओलीले खबर गरे ।
आफूले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउन लागेको कुरा भट्टराईले आफन्तलाई सुनाउनसमेत भ्याए । तर राष्ट्रपतिकहाँ नाम पठाउने बेलामा विशाल भट्टराईको नाम काटियो र लीलानाथ श्रेष्ठको थपियो ।
पूर्वसभामुख एवं संसदीय दलका उपनेता नेम्वाङको विशेष तुरूपका कारण भट्टराईको नाम काटिएको चर्चा नेकपामा हुन थालेको छ । तीनजना मन्त्रीको नाम पठाउन लागिएको सूचना पाउना साथ नेम्वाङ सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर कुनै पनि हालतमा पार्वत गुरुङलाई सञ्चारमन्त्री बनाउनुपर्ने अडान राखेका थिए ।
गुरुङ महिला तथा बालबालिकामन्त्री थिए । नेम्बाङको सल्लाह अवज्ञा गर्ने अवस्थामा प्रधानमन्त्री छैनन् पनि । सोही कारण भट्टराईको नाम काटेर लीलानाथको नाम थपिएको स्रोतले बताएको छ ।
लीलानाथलाई महिला मन्त्रालयको जिम्मेवारी दिँदै गुरुङलाई सञ्चार मन्त्रालयमा सरुवा गरिनुको मुख्य कारण नेम्बाङ नै भएको बालुवाटारमा चर्चा छ । नेम्वाङको न्यायपालिकामा भएको पकडका कारण ओली गलेको बताइन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।