बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

संविधानमाथि 'कू' हुँदा पनि नबोलेको भन्दै सुवासचन्द्र नेम्वाङमाथि खनिए गगन थापा 

संविधानमाथि 'कू' हुँदा पनि नबोलेको भन्दै सुवासचन्द्र नेम्वाङमाथि खनिए गगन थापा 

  • मिडिया डबली
  • बुधवार, पौष २२ २०७७

  • 5.8K
    SHARES

  • संविधानमाथि 'कू' हुँदा पनि नबोलेको भन्दै सुवासचन्द्र नेम्वाङमाथि खनिए गगन थापा 

    काठमाडौं - नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ संविधानमाथि कू हुँदा पनि चुइँक्क बोल्न नसकेको भन्दै आलोचना गरेका छन् । 

    संविधान बनाउने बेला नेम्वाङलाई सबै विषय थाहा हुँदाहुँदै पनि प्रश्नबाट भागेको आरोप नेता थापाको छ । नेम्वाङको यस्तो निरीहता देखेर आफूलाई दया लागेको उनको भनाइ छ । बुधबार बिहान सामाजिक सञ्जालमार्फत थापाले नेम्वाङको आलोचना गरेका हुन् । 

    नेता थापाले संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्ने अपेक्षा पनि गरेका छन् । उनले लेखेका छन्–

    प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ।म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभा, समिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ ।

    अफसोच उहाँ त कसैले केही सोध्लान् कि भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ।आफैले बनाएको संविधानमा ‘कु’ हुँदै गर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरीहता’ देख्दा दया लागेको छ। संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन।

    मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend