बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

‘सुवास’ हराएका सुवासचन्द्र नेम्वाङ !

‘सुवास’ हराएका सुवासचन्द्र नेम्वाङ !

  • मिडिया डबली
  • आइतवार, माघ ४ २०७७

  • 7.2K
    SHARES

  • ‘सुवास’ हराएका सुवासचन्द्र नेम्वाङ !

    काठमाडौं - सुवासको पर्यायवाची शब्द महक, सुगन्ध, खुशुबू, सौरभ भन्ने हुन्छ । नेपालमा संविधान बनाउने बेला आफ्नो नरम र मिठास बोलीका कारण संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ निकै चर्चामा थिए । त्यही भएर उनले आठ वर्षभन्दा बढी संसदको नेतृत्व गर्ने अवसर पाए ।

    केही समयअघिसम्म तिनै नेम्वाङ संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको बताउँदै आएका थिए । तर, उनले अहिले एकाएक आफ्नो बोली फेरेका छन् । उनले चारैतिर केपी ओलीबाहेक केही देख्न छाडेका छन् ।

    उनी अहिले भन्न थालेका छन्, प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न विशेषाधिकार छ । जबकि नेम्वाङले भनेकै जस्तो विशेषाधिकार संविधानमा कहाँ उल्लेख छ ? त्यो भने उनी आफैंले बताउन सकेनन् ।

    शनिबार नेकपा ओली समूहको प्रदेश १ को काठमाडौंमा आयोजित भेलामा नेम्वाङले भने, प्रधानमन्त्री ओलीलाई काम गर्नै दिइएन । चौतर्फी घेराबन्दीमा पारियो । अनि केही पछि उनी भन्दै थिए, अहिले म काठमाडौंमा बनेका धरहरा, रानीपोखरी हेर्दै रमाउँदै अफिस जान्छु । यो सबै प्रधानमन्त्री ओलीकै पालामा सम्भव भएको हो ।

    एकछिनअघिसम्म प्रधानमन्त्रीलाई कामै गर्न दिइएन भन्ने नेम्वाङ छिनभरमै ओलीकै कारण विकासका काम भइरहेको भन्दै तारिफ गर्न थालेपछि सहभागी नेकपाकै नेताहरू भन्दै थिए, ‘सुवासचन्द्र नेम्वाङको पनि ‘सुवास’ हराउन थालेछ । छिनछिनमै कुरा फेर्न थालेछन् ।’

    पूर्व एमालेमा नेम्वाङ आफूलाई ओलीको उत्तराधिकारी ठान्छन् । त्यही भएर उनी ओलीले जुनसुकै अपराध गरे पनि त्यो आँखा चिम्लेर समर्थन गर्न अघि सर्छन् भनेर उनको टीकाटिप्पणी गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend