मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

नेकपा बैठक सकियो, मन्त्रिमण्डल पुर्नगठनका विषयमा के भयो ?

नेकपा बैठक सकियो, मन्त्रिमण्डल पुर्नगठनका विषयमा के भयो ?

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 4.8K
    SHARES

  • नेकपा बैठक सकियो, मन्त्रिमण्डल पुर्नगठनका विषयमा के भयो ?

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको बैठक संवैधानिक राजनीतिक नियुक्तिलगायत यसअघि निर्धारित विभिन्न एजेण्डामाथि सामान्य छलफलसँगै बैठक सकिएको हो ।

    मन्त्रिपरिषद् पुनर्गठनका सम्बन्धमा भने कुनै छलफल  भएका छैन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,  ‘प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद पुनर्गठनका बारेमा कुनै प्रस्ताव ल्याउनुभएन ।’ 

    यस्तै उनले अन्य विाषयमा छलफल भएको बताएका छन् । नप्रवजक्ता श्रेष्ठनले भने । ‘सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्नेबारे, संगठन विभागको संगठनात्मक कार्ययोजनासम्बन्धी प्रस्तावबारे, यसअघि सचिवालय बैठकमै निर्धारित विविधको एजेण्डाअन्तर्गत रहेका विषयहरू, संवैधानिक राजनीतिक नियुक्तिबारे सामान्य छलफल भयो’, बैठकपछि उनले भने । 

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको विषय बैठकमा जानकारी गराएका थिए ।

    ‘गोविन्द केसीले उठाएका मागहरू मूलतः पूरा भइसकेको छ, बाँकी माग सरकारले पूरा गर्ने नै छ । अहिले स्थिति प्रतिकूल रहेकाले पछाडि छलफल गर्ने गरी उहाँलाई अनशन तोड्न बैठकले आग्रह पनि गरेको छ’, उनले भने । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend