काठमाडौं- पटक पटक स्थगित भएको सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि (मंगलबार) बस्ने निर्णय भएको छ ।
शनिबार र आइतबार तयपछि स्थगित भएइको बैठक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार विहान छलफल भएपछि सचिवालय बैठक मंगलबार गर्ने निर्णय भएको प्रचण्डको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले पार्टीमा सल्लाह नगरी विभिन्न राजदूत नियुक्ति गरेपछि त्यसबरे सचिवालय बैठकमा छलफल गरिन लागेको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।