मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images
राजनीतिक बिशेष

केपी ओलीको विकास : नक्सा आयो पढ्न नपाइने, रेल आयो चढ्न नपाइने !

केपी ओलीको विकास : नक्सा आयो पढ्न नपाइने, रेल आयो चढ्न नपाइने !

  • मिडिया डबली
  • बिहिवार, आश्विन १५ २०७७

  • 7.7K
    SHARES

  • केपी ओलीको विकास : नक्सा आयो पढ्न नपाइने, रेल आयो चढ्न नपाइने !

     काठमाडौं - नेपाली इतिहासम दुई तिहाई बहुमतका साथ नेकपाका अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्यो। प्रधानमन्त्री बनेकै दिन केपी ओलीले भनेका थिए, ‘लेखेर राख्नुस् आजको दुई वर्ष भित्र केके विकास हुन्छ। नेपालीको आर्थिक अवस्था कहाँबाट कहाँ पुग्छ। अब समृद्ध नेपाल सुखी नेपाली बनाउँछु।’

    अहिले प्रधानमन्त्री ओलीको यो भनाई सम्झने हो भने सबैलाई उनले सधेँजसो भन्ने जोक्स, उखान टुक्का जस्तै लाग्छ। केपी ओलीले सरकार गठन गरेको दुई वर्षमा चीनबाट रेल ल्याउनेदेखि नेपालका ठूला सहरमा मेट्रो रेल कुदाउने, घरघरमा पाइपबाट ग्याँस पुर्याउने भाषण छाँटेकै हुन्।

    तर, सरकार बनको तीन वर्ष भइसक्दा न चुच्चे रेल आयो, न मेट्रो रेल, नत पाइपमा ग्याँस नै। मौमम अनुसार राष्ट्रवादी बन्न बाहिर ओलीले नेपालको नयाँ नक्सा जारी पनि गरे। संसदमा सर्वसम्मत पारित भएको उक्त नक्सा भारतले अतिक्रमण गरिरहेको कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा हो।

    नक्सा जारी भएको खुसीयाली देशभर मनाइयो। तर, भारतविरुद्ध बोलेर राष्ट्रवादी पल्टिने ओलीले अहिले भारत सामू निरिह छन्। केही दिन अघि मात्रै पाठ्यक्रम विकास केन्द्रले नेपालको नयाँ नक्सा समेटेर केही पुस्तकहरु प्रकाशन गर्याे। तर, उक्त पुस्तक बजारमा वितरण नगर्न र अब प्रकाशन नगर्न पनि ओलीले निर्देशन दिए।यीनै केपी अ‍ोलीले अलि पहिले अब विद्यालय तहका पुस्तकमा पनि नयाँ नक्सा प्रकाशसन हुने बताएका थिए। 

    अहिले प्रकाशनर वितरण रोकिएको छ। त्यस्तै वर्षाैँ पहिले सम्झौता भएको रेल ल्याएर केपी ओलीले ल्याएको भनेर हल्ला फैलाउन पनि नेकपाका नेता कार्यकर्ताले भ्याए। उक्त रेल अहिले त्रिपालले छोपेर राखिएको छ। उक्त रेल पनि अहिले सर्वसाधारणको लागि चढ्न नमिल्ने गरी बन्द गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend