काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली सञ्चारमाध्यमका सम्पकादकहरुसँगको भेटमा आफ्नो राम्रो समाचार लेखिदिन बिन्ति गरेका छन्। सञ्चारमाध्यमले दिनहुँ गाली गर्दा आफूले सहिरहेको तर, आफूले सुझाब दिँदा त्यसलाई नस्वीकारेको अरोप लगाए ।
मिडिया एलायन्सका पदाधिकारीहरुसँग बुधबारसाँझ भने, ‘यसो छोयो भने बुरुक्क उफ्रिहाल्ने, करेन्ट लागेजस्तो।’ नेपालमै पहिलो पटक यति बलियो सरकार नेतृत्व गरेका ओेली काम गर्न छोडेर समाचारले मलाई खेद्यो भन्दै लाजमर्दाे कुरा गरिरहेका छन्। केपी ओली सरकारमा रहँदा पार्टी कार्यालयसमेत सरकारी निवास वालुवाटारलाई बनाइसकेका छन्।
त्यति मात्रै होइन। कोरोना महामारीले जनता भोक र रोगले एकैसाथ मरिरहेको बेला उनी प्रचण्ड र माधव कुमार नेपाल भन्दा आफू कसरी शत्तिशाली हुने भनेर रडाको मच्चाइरहेका छन्। उखाने प्रधानमन्त्रीको बिल्ला भिरेका ओलीले बुधबारसाँझ भने कथा सुनाउन भ्याए।
‘अनुसन्धानका लागि संसार भरका भ्यागुताहरू अमेरिकामा जम्मा गर्ने क्रममा अरु देशले बाकसमा राखेर ल्याएछ । तर नेपालबाट भने ढकीमा राखेर लगिएको भन्दै उनले भने(अरु देशको बाकस खोल्ने वित्तिकै भ्यागुताहरू भाग्न खोन्छन् । तर हाम्रो खुला ढकीमा राख्दा पनि भाग्दैन, किन भनेको उफ्रियो भने यो बाँच्छ भनेर अर्कोले खुट्टा समात्छ’ उनले भने।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।