मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images
राजनीतिक बिशेष

राज्यमन्त्री हटाउने, तीन मन्त्रालय फुटाउने र भागबन्डामा यसरी मन्त्रिपरिषद् पुनर्गठन गरिँदै

राज्यमन्त्री हटाउने, तीन मन्त्रालय फुटाउने र भागबन्डामा यसरी मन्त्रिपरिषद् पुनर्गठन गरिँदै

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ९ २०७७

  • 7.2K
    SHARES

  • राज्यमन्त्री हटाउने, तीन मन्त्रालय फुटाउने र भागबन्डामा यसरी मन्त्रिपरिषद् पुनर्गठन गरिँदै

    काठमाडौं -  केपी ओली पुन मन्त्रालय फुटाएर राज्यलाई भार थप्ने योजनाका साथ अघि बढेका छन्।

    पहिले फुटाएर नयाँ संविधान जारी गरेपछि एक बनाइएका मन्त्रालयहरु पुन फुटाउने तयारीमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली लागेका छन्।

    शक्ति बाँडफाँडका लागि ओली र दाहालबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको छ। तीन वटा मन्त्रालय फुटाउने प्रस्ताव भने प्रधानमन्त्री ओलीले गरेका हुन्।

    संविधानमा २५ जना भन्दा बढी मन्त्री बनाउन नपाइने व्यवस्था छ अहिले २२ मन्त्री, दुई राज्यमन्त्री र एक प्रधानमन्त्री गरी २५ सदस्यीय मन्त्रीपरिषद छ। तीन वटा मन्त्रालय फुटाउँदा अहिलेका राज्यमन्त्रीको पद हटाउनुपर्ने हुन्छ।

    त्यसैको लागि मन्त्रिपरिषद पुनर्गठनमा राज्यमन्त्रीहरुलाई विदाई गर्ने तयारी भइरहेको छ। नेकपाका उपाध्यक्षसमेत रहेका बामदेवलाई नेकपाले राष्ट्रियसभा सदस्य बनाएर मन्त्री बनाउन लागेपछि सर्वाेच्चमा रिट पर्याे।

    तत्कालका लागि बामदेव मन्त्री बन्न नपाउने गरी सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरिसकेको छ। प्रधानमन्त्रीको यस प्रस्ताव माथि नेकपाको सचिवालय बैठकमा छलफल हुन बाँकी नै छ।

    अहिले मन्त्री भएकाहरु उद्योग मन्त्री लेखराज भट्ट, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, फुटाउने तयारी छ। विगतमा पनि यी मन्त्रालय फुटाइएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend