काठमाडौं– कोरोना भाइरसबाट विदेशमा रहेका १ सय १६ नेपालीको मृत्यु भएको छ । यो साता वेलायतमा थप एक जना नेपालीको मृत्यु भएसँगै मृतकको संख्या १ सय १६ पुगेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमित मध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन्।
यो साता अफ्रिकी मुलुकसँगै यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि संक्रमण बढेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
विविध कारणले परदेशमा ज्यान गुमाएका नेपालीमध्ये अझै ९४ नेपालीको शव विदेशमै अलपत्र परेको छ । वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका २ सय १६ नेपालीको शव सरकारले लकडाउनपछि नेपाल ल्याएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।