काठमाडौं– कोरोना महामारीका बेला सरकारका मन्त्रीहरु नै भ्रष्टाचारमा लिप्त बनेको खबर सार्वजनिक भइरहेका बेला कांग्रेसका एक नेताले भने उदाहरणिय काम गरेका छन्।
कांग्रेस नेता राजिव विक्रम शाहले कोरोना विरुद्धको लडाइँमा कर्णाली प्रदेशलाई एक करोड सहयोग गरेका हुन्। उनले कर्णाली प्रदेश अस्पताललाई भेन्टिलेटर सहित ७० करोड सहयोग गरेका छन्। यस्तै प्रदेशका १० जिल्लामा तीन लाखका दरले ३० लाख सहयोग गरेका छन्।
कोरोनाले मुलुक आक्रन्त बनिरहेका बेला जाजरकोटका शाहले आफ्नो प्रदेशका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सहयोग गरेका छन्। उनको सहयोगको चौतर्फी प्रसंशा भइरहेको छ। शाह तीन हुन्, जसले आफ्नो जिल्लामा आफ्नै लगानीमा सुविधा सम्पन्न अस्पताल समेत निर्माण गरिदिएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।