काठमाडौ - पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नियोजित श्रृखलावद्ध हमला भएको भनेका छन् । प्रधानमन्त्री ओलीको अभिव्यक्ति र नेकपा एमाले पार्टी दर्ताको कुराले बैठकमा खैलाबैला मच्चाएको थियो । यही सन्दर्भलाई लिएर बाँस्कोटा बोलेका हुन्।
उनले भनेकाछन्, 'प्रधानमन्त्रीका कमजोरी होलान् तर, प्रधानमन्त्रीमाथिका हमलाहरू नियोजित डिजाइनका स्पष्ट श्रृङ्खला हुन् । बदनाम, आक्रमण र ध्वस्त । चरणहरू यिनै हुन्। बाँकी धैर्यपूर्वक हेरौँ। अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ।'
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले दुवै पदबाट राजीनामा माग गरेका छन्।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।