आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

'नेकपा भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ लगाए, सिधै भन्नुपर्छ अब मिल्न सकिएन'

'नेकपा भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ लगाए, सिधै भन्नुपर्छ अब मिल्न सकिएन'

  • मिडिया डबली
  • शनिवार, मंसिर २७ २०७७

  • 5.8K
    SHARES

  • 'नेकपा भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ लगाए, सिधै भन्नुपर्छ अब मिल्न सकिएन'

    काठमाडौँ- पूर्वमन्त्री तथा नेकपाका नेता गोकुलप्रसाद बाँस्कोटाले नेकपाभित्रैका नेताबाट अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम सुरु भएको दाबी गरेका छन् ।

    बनेपा नगरपालिका-३ स्थित नेकपाका जिल्ला नेता स्वर्गीय प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलिसभालाई शनिबार सम्बोधन गर्दै उनले आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेको समेत बताए ।

    ‘कार्यक्रममा जाँदा पार्टीभित्रैका नेताले अर्को पार्टीको ‘खेताला’ खोजेर विरोधमा लगाउने काम सुरु भएको प्रमाणसहित फेला परेका छन्,’ नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले भने, ‘यसो भएपछि बाहिर एकताको हल्ला चलाएरभित्र विभिजनको तयारी गर्नुको कुनै तुक छैन, यदि त्यस्तो हो भने सिधै भन्नुपर्छ अब मिल्न सकिएन ।’

    आफूहरू जोखिममा जान नचाहेकाले व्यक्तिगत लाभहानिमा पार्टी विभाजन गर्न नहुने उनको तर्क थियो । कार्यक्रममा पूर्वसांसद विदुर सापकोटा, नेकपाका वाग्मती प्रदेश कमिटी सह-इञ्चार्ज हितमान शाक्य, जिल्लाअध्यक्ष रुकु चौलागाईं जिल्ला सचिव टोकबहादुर वाइबालगायतले स्वर्गीय सिग्देलप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ ६ २०७७०२:३४:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend