काठमाडौं - नेकपाका नेता गोकुल बास्कोटाले नयाँ पुस्ताको बाहुल्यता रहने गरी पार्टीको सचिवालय पुनर्गठनको प्रस्ताव गरेका छन् ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रस्ताव गरेपछि उनले सचिवालयबाट नयाँ पुस्ताको बाहुल्यता रहने गरी पुनर्गठन गर्न प्रस्ताव गरेका हुन् ।
'नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहने गरी सचिवालयको पुनर्गठनबाट सुरु गरौं । कमसेकम दुई कार्यकालका झन्झटपूर्ण खेल खतम,' प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिने बास्कोटाले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
यसअघि शनिबार राति एक टेलिभिजनको ‘टक शो’ मा प्रधानमन्त्री ओलीले ७० वर्ष उमेर पुगेका र आसपास रहेका सबैले नेतृत्वको लोभ त्यागेर पार्टीको अर्को पुस्तालाई नेतृत्व दिन तयार हुनुपर्ने बताएका थिए ।
'अब नयाँ पुस्तालाई नेतृत्व दिउँ । जो ७० को आसपास छौं । केही पुगेका छौं, केही महाधिवेशनमा पुग्छौं र क्रस गर्छौं । उनीहरुले दाबी छाडौं,' उनले अन्तर्वाताका क्रममा जानकारी दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।