आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक विशेष

गोकुल बास्कोटामार्फत अघि सारे ओलीले संविधान संशोधन गर्नुपर्ने एजेन्डा

गोकुल बास्कोटामार्फत अघि सारे ओलीले संविधान संशोधन गर्नुपर्ने एजेन्डा

  • मिडिया डबली
  • मंगलवार, माघ ६ २०७७

  • 4.9K
    SHARES

  • गोकुल बास्कोटामार्फत अघि सारे ओलीले संविधान संशोधन गर्नुपर्ने एजेन्डा

    काठमाडौं - पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र हुन् । भक्तपुरको बालकोटस्थित आफ्नो निवास नै बास्कोटालाई जिम्मा लगाउने ओलीले उनलाई सञ्चारमन्त्रीसमेत बनाएका थिए ।

    तर, ७० करोड कमिसन काण्डले बास्कोटा मन्त्री पद बीचमै छाड्न बाध्य भए । बालुवाटारका केही एजेन्डा छन् भने तिनलाई प्रधानमन्त्री ओलीले आफू निकट नेताबाट सार्वजनिक गराउने गरेका छन् ।

    सामाजिक सञ्जाल वा सार्वजनिक कार्यक्रममार्फत ओली निकट नेताले मिडिया ट्रायलअन्तर्गत धारणा बाहिर ल्याउँछन् । खासगरी बास्कोटामार्फत ओलीले आफ्ना धारणा सार्वजनिक गरेका छन् ।

    यसअघि बालुवाटारले बास्कोटा, महेश बस्नेत, निरु पालमार्फत संघीयता खारेज गर्नुपर्ने एजेन्डा बाहिर ल्याएको थियो । तर, त्यो त्यति प्रभावकारी भएन । प्रधानमन्त्री ओलीले फेरि एकपटक संविधान संशोधनको झटारो हानेका छन् ।

    तर, त्यो कसका लागि फालेका हुन् भने अझै खुलेको छैन । संसद् भंग भएका बेला बास्कोटाले संविधान संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (ओली नेकपा) नेतासमेत बाँस्कोटाले अब संविधान संशोधन नगरी नहुने बताएका हुन् ।

    सरकार बन्ने विकल्प भएसम्म प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नरहेकोमा विवाद भइरहेका बेला बाँस्कोटाले संविधान संशोधनको विषय बसहमा ल्याएका हुन् ।

    सोमबार राति ट्वीट गर्दै बास्कोटाले भनेका छन्, ‘संबिधान त शंसोधन गर्नै पर्छ पर्छ पर्छ, तर के केमा ? मेरा केही मत छन्, जसमा अरु सहमत नभए पनि समयक्रममा राख्दै जानेछु। हेरौँ के हुन्छ ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend