काठमाडौं । काठमाडौंको डिल्लीबजार क्षेत्रको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाह र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको मतान्तर १ मतमात्रै देखिएको छ।
काठमाडौँ महानगरपालिका– २९ मा पर्ने डिल्लीबजारको ३ सय मत गणना गर्दा दुई उम्मेदवारबीचको मतान्तर १ मात्र देखिएको हो। डिल्लीबजारको विजय मेमोरियल र पद्मकन्या मतदान स्थलमा खसेकामध्ये ३ सय मतको गणनामा शाह सिर्जनाभन्दा १ मतले अगाडि छन्। यसअघि पहिलो १०० मतको गणना हुँदा सिर्जना १ मतले अघि थिइन्।
पछिल्लो मतपरिणाम अनुसार शाहले ८२ र सिर्जनाले ८१ मत पाएकी छन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४९ मत प्राप्त गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।