काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले पछिल्लो मतपरिणाम अनुसार १६ हजार ५२ मत ल्याएका छन्।
उनले दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितभन्दा ७ हजार ७०७ मत धेरै ल्याएका हुन्। स्थापितले ८ हजार ३४५ प्राप्त गरेका छन्।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ७ हजार ५११ मत पाएकी छन्। दोस्रो र तेस्रोमा रहेका स्थापित र सिर्जना दुवैको मत जोड्दा बालेनको भन्दा कम हुन्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।