काठमाडौं - काठमाडौं महानगर पालिका–२८ को मतगणना सुरु भएको छ ।
यो एमालेका मेयर उम्मेदवार केशव स्थापितको वडा हो। प्रारम्भिक मतगणनामा अहिलेसम्म स्थापितले अग्रता लिएका छन् ।
८७ मतसहित उनी अग्रस्थानमा रहँदा स्वतन्त्र उम्मेदवार बालेनले ७३ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै कांग्रेसकी सिर्जना सिंहको ४७ मत छ ।
समग्रमा भने बालेनले अग्रता कायमै राखेका छन् । हालसम्म उनको पक्षमा १६,८९० मत आएको छ । स्थापितले ९,०२१ र सिंहले ८१२६ मत ल्याएर बालेनलाई पछ्याइरहेकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।