आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दोलखामा जसपालाई झड्काः वडाध्यक्षसहित २३ जना कांग्रेसमा प्रवेश

दोलखामा जसपालाई झड्काः वडाध्यक्षसहित २३ जना कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण १५ २०८२

  • 864
    SHARES

  • दोलखामा जसपालाई झड्काः वडाध्यक्षसहित २३ जना कांग्रेसमा प्रवेश

    दोलखा - प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा दोलखामा नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ। यसै क्रममा कालिन्चोक गाउँपालिका वडा नं. ९ का जनता समाजवादी पार्टी (जसपा) वडा कार्यसमिति अध्यक्ष सुखवीर थामीसहित २३ जनाले जसपा परित्याग गरी कांग्रेस प्रवेश गरेका छन्।

    कांग्रेस प्रवेश गर्नेहरूमा सुखवीर थामी, गोमा थामी, मिना थामी, निशा थामी, कालिका थामी, सुशीला थामी, कमला थामी, गंगा थामी, सुखाया थामी, भुन्डुलुङ थामी, रुपमाया थामी, कान्छी थामी, बुधमाया थामी, सुस्मा थामी, बिमाया थामी, सन्तमाया थामी, अमृत थामी, रमा थामी, धनमाया थामी, सृजना थामी, फागुनी थामी, तुलसी थामी र कविता थामी रहेका छन् ।

    उनीहरूलाई नेपाली कांग्रेस दोलखाका जिल्ला कार्यसमिति सदस्य कवीराज थामीले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरे।

    यसअघि नानु थामीसँगै जसपाका जिल्ला सचिव सुशिला थामी, सम्पर्क समिति अध्यक्ष गणेश थामी र तामसालिङ राष्ट्रिय समितिका केन्द्रीय सदस्य उपेन्द्र कार्की पनि कांग्रेसमा प्रवेश गरेका थिए । प्रभावशाली नेताहरूको यो प्रवेशसँगै दोलखाको थामी समुदायको ठुलो हिस्सा अब कांग्रेसको पक्षमा उभिने देखिएको छ।

    पार्टी प्रवेशपछि नेताहरूले आगामी निर्वाचनमा कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरुले शिवाकोटी जस्तो भ्रष्टाचार विरोधी र बौद्धिक व्यक्तित्वलाई विजयी गराउन अपील गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर २४ २०७८१०:४९:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend