काठमाडौं – नेपाली कांग्रेस निकट शुभेच्छुक संगठन नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटालाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा तेज तीर्थ ट्रस्टले जनआन्दोलन तथा लोकतन्त्रको लागि मिडियाको माध्यमबाट उल्लेख्य योगदान पुर्याएको भन्दै शिवाकोटीलाई सम्मान गरेको हो ।
पछिल्लो समय कम्युनिस्ट सरकारभित्रका गलत कर्तुत र कम्युनिस्ट नेताहरूका पोल खोल्नमा महासचिव शिवाकोटी चर्चित पत्रकार मानिन्छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।