काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका भारतीय क्याप्टेन स्मित मच्छरको बहादुरीको प्रशंसा गर्दै उनलाई ‘हिरो’ बताएका छन्।
मोदीले बिहीबार बिहान सामाजिक सञ्जाल एक्समार्फत क्याप्टेन मच्छरले अत्यन्त जोखिमपूर्ण अवस्थामा समेत देखाएको साहसका कारण ठूलो घटना हुनबाट रोक्न सहयोग पुगेको बताएका हुन्।
“क्याप्टेन स्मित मच्छर हिरो हुन्। सबैभन्दा ठूलो जोखिमका बीच र गम्भीर रूपमा घाइते हुँदासमेत उनले अरूको ज्यान बचाउन ठूलो साहस र दृढ इच्छाशक्ति देखाए,” मोदीले लेखेका छन्।
उनले क्याप्टेन मच्छरको साहसका कारण सयौँ मानिसको ज्यान जोगाउन तथा ठूलो घटना हुनबाट रोक्न सहयोग पुगेको उल्लेख गरेका छन्।
“भारतलाई क्याप्टेन मच्छरप्रति गर्व छ। उनको शीघ्र स्वास्थ्यलाभ, नयाँ ऊर्जा र राम्रो स्वास्थ्यका लागि प्रार्थना गर्छु,” मोदीले भनेका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि क्याप्टेन स्मित मच्छरलाई ‘हिरो’ भन्दै उनको साहसको प्रशंसा गरेका थिए।
यसैबीच, साउदी अरबस्थित भारतीय दूतावासले क्याप्टेन मच्छर अस्पतालमा भर्ना भएर उपचार गराइरहेको जनाएको छ। दूतावासका अनुसार उनको अवस्था स्थिर रहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।