आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रधानमन्त्रीले राष्ट्रपतिलाई गरेको सिफारिसप्रति प्रेस युनियन केन्द्रीय समितिले गर्यो गम्भीर ध्यानाकर्षण

प्रधानमन्त्रीले राष्ट्रपतिलाई गरेको सिफारिसप्रति प्रेस युनियन केन्द्रीय समितिले गर्यो गम्भीर ध्यानाकर्षण

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 5.2K
    SHARES

  • प्रधानमन्त्रीले राष्ट्रपतिलाई गरेको सिफारिसप्रति प्रेस युनियन केन्द्रीय समितिले गर्यो  गम्भीर ध्यानाकर्षण

    काठमाडौँ- नेपाल प्रेस युनियनले प्रतिनीधिसभा विघटनको लागि प्रधानमन्त्रीले राष्ट्रपतिलाई गरेको सिफारिसप्रति प्रेस युनियन केन्द्रीय समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    युनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ती जारी गरी लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको यस कदम लोकतन्त्र नै सिध्याउने बाटोमा उद्धत भएको बताएका हुन्।

    ‘प्रधानमन्त्री भएसँगै ओलीमा देखिएको सर्वसत्तावादी महत्वाकांक्षा यो चरणसम्म आइपुग्दा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्यमाथि नै प्रश्न चिन्ह खडा भएको छ,’ सिवाकोटीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘संसद बिघटन जस्तो असंबैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक निर्णय गरेर प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि नै कू गरेका छन् । लोकतन्त्रमाथि गरिएको यो प्रहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि पनि पर्ने पक्का छ ।’

    प्रेस युनियनले सबै लोकतन्त्रवादी तथा स्वतन्त्रताका पक्षधरले प्रधानमन्त्रीको यो निरंकुश चरित्र र प्रतिगामी कदमको विरोध गर्नुपर्ने बताएको छ।

    ‘युनियन यसै वक्तव्य मार्फत लोकतान्त्रिक मुल्य मान्यताको संरक्षणका तथा प्रतिगमनका कुनैपनि प्रपञ्चलाई परास्त गर्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सहितको लोकतन्त्र पक्षधरहरु सबैलाई एक ठाउँमा उभिन समेत आग्रह गर्दछ,’ युनियनले भनेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend