आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रेस युनियनका केन्द्रिय महासचिव शिवाकोटीले गरे अक्षयकोषमा आर्थिक सहयोग

प्रेस युनियनका केन्द्रिय महासचिव शिवाकोटीले गरे अक्षयकोषमा आर्थिक सहयोग

  • मिडिया डबली
  • बुधवार, श्रावण २८ २०७७

  • 6.5K
    SHARES

  • प्रेस युनियनका केन्द्रिय महासचिव शिवाकोटीले गरे अक्षयकोषमा आर्थिक सहयोग

    काठमाडौँ- नेपाल प्रेस युनियनका केन्द्रिय महासचिव तथा हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीले अक्षयकोषमा आर्थिक सहयोग गरेका छन् ।

    नेपाल प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतीमा स्थापना गरेको अक्षय कोषमा शिवाकोटीले मंगलबार दस हजार एक सय ११ रुपैंया जम्मा गरेका हुन् ।

    बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए ।

    बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

    प्रेस युनियनले घटना संकास्पद भएकाले सरकारसंग घटनाको गहिरो छानविन गरी मृत्युको कारण पत्तालगाउन र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग गर्दै आएको छ ।

    युनियनले स्व. युनियनका संस्थापक अध्यक्ष खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरु संग सहयोग आह्वान गरेको शाखाका अध्यक्ष प्रकाश बमले जानकारी दिए ।

    उनले अक्षयकोषमा रकम जम्मा गर्ने महासचिव शिवाकोटीलाइ धन्यबाद ज्ञापन गरेका छन् । स्व. खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए ।

    उनि लोकप्रिय कार्यक्रम प्रस्तोता थिए । पछिल्लो समय उनि बाजुरामा रहेको रेडियो बुढीनन्दा एफएममा कार्यरत थिए ।

    अक्षय कोषमा रकम जम्मा भएपछि स्व. खड्काको नामबाट पत्रकारिता पुरष्कारको घोषणा गरिने प्रेस युनियन डोटीका अध्यक्ष बमले बताए ।

    अक्षय कोषमा विभिन्न ब्यक्तीहरुको सहयोग तथा घोषणा भइ रहेको प्रेस युनियन डोटीका सचिव पवन महाराले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २५ २०७८१०:००:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend