आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटी कांग्रेस केन्द्रीय सदस्य उठ्ने

प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटी कांग्रेस केन्द्रीय सदस्य उठ्ने

  • मिडिया डबली
  • बिहिवार, मंसिर २ २०७८

  • 6.2K
    SHARES

  • प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटी कांग्रेस केन्द्रीय सदस्य उठ्ने

    काठमाडौं - नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

    दोलखाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित विजयी भएका शिवाकोटीले मुलधारको पार्टी राजनीति गर्ने तयारी गरेका हुन् ।

    देशभरिका काँग्रेसका अग्रज तथा शुभचिन्तक र प्रेस युनियनका पुराना र नयाँ साथीहरुबाट सकारात्मक उत्तर पाएकाले कांग्रेसको केन्द्रीय सदस्यमा उठ्ने माहोल बनेको उनले जानकारी दिए ।

    सबैतिरबाट पोजिटिभ कुरा आएकाले चाँडै आधिकारिक रुपमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्न लागेको शिवाकोटीले मिडियाडबलीलाई बताए ।

    नेपाली कांग्रेसमा पुस्तान्तरण गर्न जरुरी भएकाले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ । उनका अनुसार १४औं महाधिवेशनपछि नेपाली कांग्रेसको केन्द्रीय समितिमा युवा नेताहरूको बाहुल्यता रहनेछ ।

    कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारीअन्तर्गत जिल्ला अधिवेशन भइसकेका दोलखा, रामेछाप, मनाङ, मुस्ताङ, हुम्ला, गोर्खा, कालीकोट र रुकुमपूर्व, संखुवासभा, ताप्लेजुङ, मुगु, बझाङलगायतका जिल्ला महाधिवेशन प्रतिनिधिसँग सम्पर्क र कुराकानी भइरहेको उनले बताए ।

    सबैबाट माया र सद्भाव पाएको उनको भनाइ छ । हाम्राकुरा डटकम अनलाइनका सम्पादक शिवाकोटीले बहालवाला सभामुख र सञ्चारमन्त्रीको समाचार ब्रेक गरेर नेपालको पत्रकारितामा नयाँ मानक स्थापित गरिसकेका छन् ।

    उनले लेखेकै समाचारका कारण तत्कालीन सभामुख कृष्णबहादुर महरा र सञ्चारमन्त्री गोकुल बासकोटाको पद गएको थियो । महरामाथि संसद् सचिवालयकी एक महिलाले जबर्जस्तीकरणीको आरोप लगाएकी थिइन् ।

    यस्तै, तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रियपात्र बास्कोटाको ७० करोड बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक गरेर शिवाकोटीले उनको पद नै खाइदिए । सेक्युरिटी प्रिन्टिङ प्रेस टेन्डर आह्वानमा मन्त्री बास्कोटाले एजेन्ट विजय मिश्रसँग ७० करोड डिल गरेका थिए ।

    आफूले लेखेका समाचारका कारण राज्यको पाँचौं वरीयता र सञ्चारमन्त्रीकै पद खुस्काइदिएकाले पनि पत्रकार शिवाकोटीको चर्चा चुलिएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २५ २०७८१०:००:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend