कञ्चनपुर - आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा आम निर्वाचन २०८२ को सजिलो जितको सम्भावनासहित कञ्चनपुर–२ मा नेपाली कांग्रेसका नेता नारायणप्रकाश (एनपी) साउद अग्रपंक्तिमा छन् ।
यस क्षेत्रमा ४ स्वतन्त्रसहित १९ जना उम्मेदवारहरु प्रतिस्पर्धामा देखिन्छन् । यस क्षेत्रमा कांग्रेसले परम्परागत रूपमा बलियो पकड छ भने गत निर्वाचन अनुभव र मतदाता प्राथमिकताले कांग्रेस सहज स्थितिमा रहेको विश्लेषकहरूले औंल्याएका छन् ।
निर्वाचनको मिति नजिकिँदै जाँदा कञ्चनपुर–२ मा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच देखिएको छ । त्यसैगरी तेस्रोमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार माधव प्रसाद पन्त छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हालसम्मको परिस्थितिमा चौथो स्थानमा देखिएका छन् ।
हालसम्मको राजनीतिक समीकरण र विगतको मतपरिणामले रास्वापालाई निर्णायक शक्तिको रूपमा स्थापित हुन कठिन देखिन्छ । गत निर्वाचन मंसिर ७, २०७९ मा साउदले कांग्रेसबाट करिब २८,१०० मत ल्याएर प्रतिद्वन्द्वी एमालेका नरबहादुर धामीलाई करिब ६,४५५ मत अन्तरले पराजित गरेका थिए।
रास्वपाका उम्मेदवार झंकरराज जोशीले ४,९३१ मत मात्र प्राप्त गरेका थिए, जसले यस क्षेत्रको परम्परागत दलहरू—विशेषगरी कांग्रेस र एमाले—बीचको प्रत्यक्ष प्रतिस्पर्धालाई पुन: पुष्टि गर्दछ । कञ्चनपुर–२ निर्वाचन क्षेत्रले राजनीतिक रूपमा सधैं प्रतिस्पर्धात्मक चरित्र देखाएको छ । यस क्षेत्रमा कांग्रेस र एमालेले पटक–पटक विजय र पराजय भोगेका छन् ।
पहिलो संविधान सभाको निर्वाचनमा माओवादीका देवीलाल चौधरी विजयी भएका थिए भने दोस्रो संविधानसभामा कांग्रेसका साउदले जितेका थिए । २०७४ को निर्वाचनमा एमालेका धामी विजयी भए पनि २०७९ मा पुनः साउद सफलता हात पारेका थिए । यो तथ्यले पनि कांग्रेसलाई मतदाताबीच लामो अनुभवी नेतृत्व र भरोसा जनाउने क्षमता रहेको छ ।
विशेषगरी साउद जस्ता नेताका कारण, जसले यस क्षेत्रमा राजनीतिक स्थायित्व र निरन्तरता दाबी गर्दै आएका छन् । विगतका निर्वाचनहरु हेर्दा कञ्चनपुर–२ मा राजनीतिक प्रतिस्पर्धा देखिए पनि संगठनात्मक मजबुती, स्थानीय नेतृत्व र क्षेत्रीय सञ्जालका आधारमा कांग्रेस र एमाले नै निर्णायक शक्ति बनेका छन् ।
कञ्चनपुर–२ का मतदाताले डोडा र महाकाली नदी कटान नियन्त्रण, शुक्लाफाँटा क्षेत्रका विस्थापितहरूको व्यवस्थापन, ग्रामीण सडक स्तरोन्नति, कृषि र सिँचाइ पूर्वाधार र सीमावर्ती व्यापार र रोजगारीको अपेक्षा गरेका छन् । मतदाताले घोषणाभन्दा कार्यान्वयन खोजिरहेको स्थानीयहरू बताउँछन् ।
यी एजेण्डाहरुमा नेपाली कांग्रेसले स्पस्ट आफ्नो दृष्टिकोण राखेको छ र केही मतदाताका मागहरु भने पूरा हुने क्रममा छन् । नयाँ भनिएको रास्वापका उम्मेदवार बोहरासँग रविलाई जेल हाल्यो र आफूले छुटाउन पहल गरेको भन्नेबाहेक कुनै एजेण्डा र जनअपेक्षा पूरा गर्ने रोडम्याप देखिँदैन ।
कांग्रेसका उम्मेदवार एनपी साउद लामो राजनीतिक अनुभव भएका नेता हुन् । परराष्ट्र मामिला, संसदीय अनुभव र पार्टी संगठनमा सक्रिय भूमिकाका कारण उनले केन्द्र र स्थानीय तहबीचको समन्वय गर्न सक्ने क्षमता राख्दछन् । एमालेले स्थायित्व र संगठनको बलमा चुनावी प्रतिस्पर्धा गरिरहेको छ ।
तर अघिल्ला निर्वाचनमा पराजय बेहोरेपछि मतदाता विश्वास पुनः हासिल गर्नुपर्ने चुनौती एमालेसँग छ । रास्वपाले नयाँ राजनीतिक विकल्पको नारा अघि सारे पनि कञ्चनपुर–२ जस्तो परम्परागत संगठन आधारित क्षेत्रमा बलियो जरा गाड्न अझै समय लाग्ने देखिन्छ ।
स्थानीय मतदातासँगको कुराकानीमा उनीहरू विकासका ठोस परिणाम चाहेको देखिन्छ । मतदाताका यिनै अपेक्षाहरु पूरा गर्न कांग्रेस उम्मेदवार साउदले आफूलाई जिताउनुपर्ने स्थानीयहरुको भनाई छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।