आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
कोरोना माहामारी

कांग्रेस नेता साउँदले फेरि पठाए कञ्‍चनपुरमा स्वास्थ्य सामग्री

कांग्रेस नेता साउँदले फेरि पठाए कञ्‍चनपुरमा स्वास्थ्य सामग्री

  • मिडिया डबली
  • शुक्रवार, जेठ २८ २०७८

  • 7.5K
    SHARES

  • कांग्रेस नेता साउँदले फेरि पठाए कञ्‍चनपुरमा स्वास्थ्य सामग्री

    काठमाडौँ- नेपाली कांग्रेसका केन्द्र‍ीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदले फेरि कञ्‍चनपुरमा कोरोनाविरुद्धको लडाइँका लागि आवश्यक स्वास्थ्य सामग्री पठाएका छन् ।

    नेता साउँदले कञ्चनपुर क्षेत्र नम्बर २ का लागि थप ४ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन पठाएका उनका सहयोगी दीपक जोशीले जानकारी दिएका छन् ।

    कोरोना महामारीका बिराकीका लागि आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर दुई थान बेदकोट र दुई थान कृष्णपुर नगरपालिकाका लागि पठाएका हुन् ।

    यसअघि नेता साउँदले आफ्नो क्षेत्रको शुक्लाफाँटा नगरपालिकामा सञ्‍चालन गरेको पिपलाडी कोभिड अस्पताललाई चार थान अक्सिजन कन्सन्ट्रेटर, ८ थान अक्सिमिटर, सेनेटाइजर, मास्क लगायतका आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिउ । ने

    ता साउँदले यसअघि कञ्‍चनपुरको बेदकोट, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकालाई २५ वटा हस्पिटल बेड, २५ थान टेबल पंखा र सर्जिकल मास्क ३ हजार थान हस्तान्तरण गरेका थिए ।

    आफू कोरोना महामारीले थलिएको अवस्थामा पनि निरन्तर स्वास्थ्य सामग्री पठाइरहेका नेता साउँद हाल कोरोनामुक्त भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण १९ २०७८०८:४८:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend