आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको विशेष

कांग्रेसका नेता साउदमाथि ओली समूहका कार्यकर्ताले गरे आक्रमण, ३ जना घाइते

कांग्रेसका नेता साउदमाथि ओली समूहका कार्यकर्ताले गरे आक्रमण, ३ जना घाइते

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ४ २०७७

  • 16.7K
    SHARES

  • कांग्रेसका नेता साउदमाथि ओली समूहका कार्यकर्ताले गरे आक्रमण, ३ जना घाइते

    काठमाडौं- प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता एनपी साउदमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन् ।

    बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा सहभागी नेता साउदमाथि नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोराको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो ।

    उक्त समूहले गरेको ढुंगामुढा गर्दा नेता साउदको पेटमा ढुंगा लागेको नेपाल प्रेस युनियनका महाकाली संयोजक हरिश भट्टले जानकारी दिएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरुको ढुंगामुढापछि कांग्रेसको आमसभा बिथोलिएको छ । उनीहरुको ढुंगा लागेर कांग्रेसका स्थानीय अगुवा कार्यकर्ता जयराज जोशीसहित अन्य एक जना पनि घाइते भएका छन् ।

    उनीहरुको टाउकोमा चोट लागेको भट्टले जानकारी दिए । नेता भट्टका अनुसार कांग्रेसले आमसभा आयोजना गरेको स्थानमा अहिले सुरक्षाकर्मीको टोली पुगेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण १९ २०७८०८:४८:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend