काठमाडौं – कोरोना महामारीले मुलुक आक्रान्त बनेको छ । यस्तो विकराल अवस्थामा ३ तहमा सरकार भए पनि नागरिक संक्रमित हुँदा सरकार खोज्नुपर्ने अवस्था सिर्जना भएको छ ।
तीनै तहका सरकारहरू अहिले कमिसन, भ्रष्टाचार, गैरकानूनी क्रियाकलाप र जनताका समस्याबाट विमुख भइरहेको समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जनताको साथमा उभिरहेको छ ।
राजनीतिक दलप्रतिको जनताको विश्वासलाई जोगाइराख्न कांग्रेसका नेताहरूले अहिले रातदिन आफ्नो जीवनको पर्वाह नगरि खटिरहेका छन् । जसमध्येका एक हुन्, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउँद ।
महामारीको बेला नेता साउँदले लाखौंका स्वास्थ्य सामग्री सहयोग गरेर पार्टीलाई नै चम्काउने काम गरेका छन् । नेता साउँदको सहयोगले कञ्चनपुरमा कांग्रेस पार्टी हाईहाई भएको छ ।
नेता साउँद अहिले आफैं कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका छन् तर पनि आफ्नो क्षेत्रमा जनताको जीवन रक्षाका लागि उनले निरन्तर सहयोग गरिरहेका छन् ।
नेता साउँदले कञ्चनपुरका जनताको जीवन रक्षाका लागि पटक–पटक स्वास्थ्य सामग्रीहरू सहयोग गरिरहेका छन् । उनले यसअघि अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पंखा तथा अन्य अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।
यसैगरी बुधबार पनि नेता साउँदले आफ्नो क्षेत्रका कञ्चनपुरको २ नम्बर क्षेत्रका नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

कोरोनासँग आफैं लडिरहेका नेता साउँदले कञ्चनपुर क्षेत्र नम्बर २ का ३ वटा नगरपालिकाहरू शुक्लाफाँटा, कृष्णपुर र बेदकोटमा लाखौंका स्वास्थ्य सामग्री पठाएका हुन् ।
साउँदले स्वास्थ्य सामग्री कञ्चनपुर क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति दलबहादुर बोहरामार्फत हस्तान्तरण गरेका छन् ।
नेता साउँदले २५ थान बेड, २५ थान पंखा, ३ हजार पीस मास्क लगायतका सामग्री सहयोग गरेका हुन् । नेता साउँदले यस्तै किसिमको सामग्री कञ्चनपुर क्षेत्र नम्बर १ मा समेत सहयोग गरेका छन् ।
कोरोना संक्रमण पुष्टि भएका साउँदको स्वास्थ्यमा सुधार भइरहेको छ । उनले स्वास्थ्यमा पूर्ण सुधार भएर नेगेटिभ आएपछि आफैं क्षेत्रमा पुगेर नागरिकको स्वास्थ्य अवस्था जानकारी लिने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।