आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली–प्रचण्डलाई कांग्रेस नेताको प्रश्न : चीनले नेपाली सीमा मिच्दा किन बोल्न सक्नुभएन ?

ओली–प्रचण्डलाई कांग्रेस नेताको प्रश्न : चीनले नेपाली सीमा मिच्दा किन बोल्न सक्नुभएन ?

  • मिडिया डबली
  • सोमवार, फाल्गुण ३ २०७७

  • 14.7K
    SHARES

  • ओली–प्रचण्डलाई कांग्रेस नेताको प्रश्न : चीनले नेपाली सीमा मिच्दा किन बोल्न सक्नुभएन ?

    काठमाडौं – नेपाली कांग्रेसका नेता एनपी साउँदले नेपाली भूमि एक इन्च पनि मिचिए सह्य नहुने बताएका छन् ।

    दार्चुला सदरमुकाम खलंगामा सोमवार आयोजित सरकार विरुद्धको विरोध सभालाई सम्बोधन गर्दै नेता साउँदले नेपाली भूमि एक इन्च मिचिए पनि सह्य नहुने बताएका हुन् ।

    ‘अहिले पनि सीमामा गतिविधिहरू भइराखेका छन् । ती सीमामा भइराखेका गतिविधिका क्रममा नेपालको सीमा एक इन्च पनि कसैले मिच्छ भने त्यसको विरोध गर्नका लागि, जाइ लाग्नका लागि नेपाली कांग्रेस तयार छ,’ नेता साउँदले भने ।

    नेता साउँदले राष्ट्रियताका लागि संघर्ष गर्दै आएका दार्चुलावासीप्रति सम्मान समेत व्यक्त गरे । ‘म दार्चुलाका दाजुभाइ दिदीबहिनीहरूले राष्ट्रियताका मामिलामा जसरी संघर्ष गर्नुभएको छ, लड्नुभएको छ । त्यसलाई सम्मान गर्न चाहन्छु, सलामा गर्न चाहन्छु,’ नेता साउँदले भने ।

    नेता साउँदले हुम्लामा चिनियाँ पक्षले नेपाली भूमि मिच्दा सरकारले प्रतिवाद गर्न नसकेको भन्दै आपत्ति समेत जनाए । ‘भारतसँग सीमा विवाद हुँदा नक्सा संशोधन गर्ने तपाईं हो । भारतसँग सीमा विवाद हुँदा कूटनीतिक मञ्चमा आवाज नठाइकन तपाईंहरू आमसभामा जनतालाई उत्तेजित बनाउने काममा संलग्न हुनुभयो,’ नेकपाका नेता र सरकारप्रति लक्षित गर्दै साउँदले भने, ‘चीनले हुम्लामा सीमा मिच्दा किन बोल्न सक्नुभएन ? भारतले सीमा मिच्दा जति खराब हो, चीनले पनि सीमा मिच्छ भने त्यत्तिकै खराब हो ।’

    उनले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गर्ने निर्णय कांग्रेसलाई मान्य हुने बताए । ‘नेपाली कांग्रेस विधिको शासन मान्छ । कानूनको शासन मान्छ । सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्छ । सर्वोच्च अदालतको निर्णय बमोजिम नेपाली कांग्रेस अगाडि बढ्ने छ,’ नेता साउँदले भने ।

    नेता साउँदले प्रतिनिधिसभा विघटन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली मात्रै दोषी नभएर पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम पनि उत्तिकै दोषी भएको दाबी गरे । ‘यो सरकारले गरेको काम एक व्यक्ति केपी ओलीले गरेको होइन । यसमा प्रचण्ड पनि, माधव नेपाल पनि, भलनाथ पनि, बामदेव गौतम पनि सबै दोषी छन् । यो दोषको जिम्मा प्रचण्ड खेमा होस वा ओली खेमा, दुवैले लिनुपर्छ,’ नेता साउँदले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend