आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसले कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न खोज्दा कम्युनिस्टहरुले रोकेको खुलासा

कांग्रेसले कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न खोज्दा कम्युनिस्टहरुले रोकेको खुलासा

  • मिडिया डबली
  • आइतवार, बैशाख ५ २०७८

  • 4.7K
    SHARES

  • कांग्रेसले कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न खोज्दा कम्युनिस्टहरुले रोकेको खुलासा

    काठमाडौं - कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन वन्यजन्तु आरक्ष) बाट विस्थापित आरक्ष पीडितहरुको आन्दोलनमा नेपाली कांग्रेसका नेता एनपी साउदले समर्थन जनाएका छन् ।

    शान्तिपूर्ण आन्दोलनमा समर्थन जनाएका साउदले समस्याको स्थायी समाधान गर्न सरकारसँग माग समेत गरेका छन् । 

    २०५८ सालमा आरक्ष विस्तारका क्रममा विस्थापित भएर थातथलो गुमाएका पीडितहरुले अझैसम्म राज्यबाट सट्टाभर्ना पाएका छैनन् । ३० वटा आयोग गठन भइसके पनि पीडितको नाम संकलन तथा पीडितको संख्या थप्नेमै सीमित छ । पुनर्स्थापनाका लागि कुनै पनि सरकारले गम्भीरतापूर्वक ध्यान नदिएकाले फेरि संघर्षमा उत्रिएका हुन् ।

    संसद विघटनपछि मन्त्री भएका वनमन्त्री प्रेम आलेले महेन्द्रनगर पुगेर १९ दिनभित्र आयोग गठन गरेर समस्या समाधान गर्ने घोषणा गरेका थिए । त्यस्तै दैजी पुगेका प्रधानमन्त्री केपी ओलीले पनि छिट्टै समस्या समाधान गरिने बताएका थिए ।

    तर व्यवहारमा महिनौ वित्दा पनि कार्यान्वयनमा नआएपछि आफूहरु आन्दोलनमा उत्रिएको आरक्ष पीडित संघर्ष समितिमा सचिव प्रेमदत्त भट्टले बताए। उनका अनुसार अहिले कञ्चनपुरमा दैनिक एक घण्टा चक्का जाम गरेर माग पूरा गर्नका लागि दबाब दिइरहेको छ । माग पूरा अझै सशक्त आन्दोलनमा उत्रिने उनको चेतावनी छ । 

    आन्दोलन चर्किरहेका बेला कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा पराजित कांग्रेस नेता साउदले कम्युनिस्टले समस्या समाधानका लागि आयोग गठन नगरेको र सिन्को पनि नभाचेको आरोप लगाएका छन् । 

    उनले भनेका छन्, ‘कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुन्जको विस्तारबाट पीडित भएका जनताको पुनर्स्थापना र राहतको लागि ३०औं आयोग गठन भैसकेका छन् । तर कांग्रेसको सुशील कोइराला नेतृत्वको सरकारमा म पनि मन्त्री भएका बखत मात्र पीडित किसानलाई जग्गा अथवा रकम उपलब्ध गराउने गरि लगभग एक अर्ब रुपैयाँ सरकारले निकासा गरेको थियो । मुआब्जा रकम कम भएको भनेर तत्कालीन समयमा एमाले र माओवादीहरूले बिरोध गरेका थिए । त्यसपछि उनीहरू पटक पटक सरकारमा गैसकेका छन। हाल पनि सरकार चलाइरहेका छन् । तर पनि यो समस्या समाधानका लागि एउटा आयोग गठन गर्नु त परको कुरा सिन्कोसम्म भाँच्न सकेका छैनन् ।’

    साउदले समस्या बल्झाएर गरिब निमुखा आरक्ष पीडितहरुसँग भोटको सस्तो राजनीति नगर्नु पनि सुझाव दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend