काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले गृहजिल्ला कञ्चनपुरमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्य सामग्री पठाएका छन् । साउद आफैं कोरोना संक्रमणसँग लडिरहेका छन् ।
आफू कोरोना संक्रमित हुँदा पनि उनले गृहजिल्लाका नागरिकको उपचार सहजताका लागि स्वास्थ्य सामग्री पठाएका हुन् । कोरोना महामारीले थप विकराल रुप लिइरहेका समयमा सरकारले नागरिकको स्वास्थ्यमा ध्यान दिन सकेको छैन ।
सरकार आफैं मुलुकमा राजनीतिक अस्थिरता र अव्यवस्था सिर्जना गर्न तल्लीन रहेका समयमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेताहरु नागरिकको उद्धार र उपचारमा लागिरहेका छन् ।
आफू संक्रमित हुँदा पनि जनताको स्वास्थ्यलाई सर्वोपरी मानेर पूर्वमन्त्रीसमेत रहेका साउदले गृहजिल्लाका नागरिका लागि अतिआवश्यक स्वास्थ्य सामग्री पठाएका हुन् ।
निर्वाचित सांसद् जनताका समस्याका बारेमा बेखबर भएको अवस्थामा नेता साउदले गरेको यस सहयोगलाई नागरिकले प्रशंसासमेत गरेका छन् । नेता साउदकौ पहलमा सञ्चालन भइरहेको आइसोलेसन सेन्टरका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।
आइसोलेसन सेन्टरमा बस्ने संक्रमितको उपचारका लागि अक्सिजन अभाव नहोस् भन्नका लागि पाँच थान अक्सिजन कन्सनट्रेटर, केही थान अक्सिजन पल्स मिटर, डिसइन्फेक्टेड मेसिन, पंखाहरुलगायतका सामग्री पठाएका हुन् ।
नेता साउद हाल होम आइसोलेसन काेराेनासग जुधिरहेका छन् । उनले आफू होम आइसोलेसनमा भए पनि आफ्ना नागरिकको स्वास्थ्यलाई नै आफूले केन्द्रमा राखेको बताए । यस विपद्को घडीमा नागरिको स्वास्थ्य सेवामा थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले अहिले उक्त स्वास्थ्य सामग्री पठाएको थप पठाउनका लागि पहल भइरहेका जानकारी दिएका छन् ।
उनले भने, "यस्तो अवस्थामा नागरिकको स्वास्थ्य अवस्था बुझ्न आफैं गृहजिल्ला जाने तयारी भए पनि पूरै परिवारलाई कोरोना संक्रमण भएपछि हाल होम आइसोलेसनमा बसिरहेका छौं । यस संक्रमणबाट मुक्त भएपछि जनतासँग साक्षात्कार गर्न जानेछु । हाल यहीबाट नागरिकको अमूल्य जीवन रक्षामा लागि पहल गरिरहेको छु ।"
उनले गृहजिल्लामा रहेर अहोरात्र कोरोना संक्रमितको उद्धार र उपचारमा खटिएका पार्टीका नेता कार्यकर्ताहरुलाई धन्यवादसमेत दिएका छन् ।
उनले भनेका छन्, "कोरोना महामारीको यस विषम परिस्थितिमा आफ्नो जीवन जोखिममा राखेर सर्वसाधारणको जीवन रक्षामा लागि खटिनुभएका पार्टीका साथीहरु, स्वास्थ्यकर्मीलगायत सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु । यस विषम परिस्थितिमा आफू जोगिएर नागरिकको जीवन रक्षामा लाग्न पनि आग्रह गर्दछु ।"
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।