आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओराङबासीको सडक सपना पूरा गर्ने अजयबाबुको प्रतिबद्धता

ओराङबासीको सडक सपना पूरा गर्ने अजयबाबुको प्रतिबद्धता

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण ७ २०८२

  • 393
    SHARES

  • ओराङबासीको सडक सपना पूरा गर्ने अजयबाबुको प्रतिबद्धता

    दोलखा - नेपाली कांग्रेसका दोलखाका प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले विगु गाउँपालिका–२, ओराङबासीको सडक सञ्जालसँग जोडिने वर्षौँदेखिको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । 

    चुनावी घरदैलोका क्रममा ओराङ पुगेका शिवाकोटीले त्यहाँको भौगोलिक विकटता र यातायातको सास्ती आफैँले अनुभव गरेपछि यस्तो ऐक्यबद्धता जनाएका हुन् ।

    हाल ओराङमा सडकको पहुँच पुग्न नसक्दा स्थानीय बासिन्दाले ठूलो सास्ती भोग्नुपरिरहेको छ । मोटरबाटोको ट्र्याक ओराङ नजिकै आए पनि बीचमा रहेको दौलाङ भीर छिचोल्न नसक्दा गाउँ सडक सञ्जालबाट काटिएको छ । यसकै कारण विगुको वडा नम्बर १ बाट वडा नम्बर २ मा जानका लागि सिंगटी पुगेर घुमेर आउनुपर्ने बाध्यता रहेको छ।

    "ओराङबासीको मुख्य माग नै यो सडक खण्डको निर्माण हो । धेरै जनप्रतिनिधिहरूसमक्ष यो माग पुगिसकेको रहेछ, अहिले हामीसँग पनि स्थानीयले यही आग्रह गर्नुभएको छ," घरदैलोका क्रममा शिवाकोटीले भने, "विगतमा आश्वासनमात्र पाएका ओराङबासीका लागि यो बाटो निर्माण गर्नु मेरो प्रमुख प्राथमिकता हुनेछ। उहाँहरूको मागमा मेरो पूर्ण ऐक्यबद्धता छ।"

    शिवाकोटीले यो सडक निर्माणलाई आफ्नो चुनावी एजेन्डाको प्राथमिकतामा राखेको बताउँदै निर्वाचित भएपछि ओराङलाई सडक सञ्जालमा जोडेर त्यहाँको आर्थिक र सामाजिक विकासमा लाग्ने विश्वास दिलाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर २४ २०७८१०:४९:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend