आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मैले अघि बढाएका धेरै अधुरा काम पूरा गर्न चुनावी मैदानमा फर्किएः एनपी साउद

मैले अघि बढाएका धेरै अधुरा काम पूरा गर्न चुनावी मैदानमा फर्किएः एनपी साउद

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ५ २०८२

  • 1.0K
    SHARES

  • मैले अघि बढाएका धेरै अधुरा काम पूरा गर्न चुनावी मैदानमा फर्किएः एनपी साउद

    कन्चनपुर-  नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनपी साउदले आफू निर्वाचित भएका बेला पूर्वाधार विकासका महत्वपूर्ण काम अघि बढाइएको बताएका छन्।

    कृष्णपुर नगरपालिका–१ दोमिल्लामा आयोजित मतदातासँगको भेटघाट कार्यक्रममा उनले चारैतिर जंगल र दुबैतिर खहरे खोलाले घेरिएको बस्तीमा आधारभूत पूर्वाधार निर्माण गरिएको बताएका हुन्।

    ‘वडा कार्यालयनजिक काठको पुल थियो, म पहिलो पटक निर्वाचित हुँदा पक्की पुल निर्माण गरेको हुँ, ओदाली र खार खोलामा पनि हाम्रै पालामा पुल निर्माण भएको हो,’ उनले थपे, बंक–नायल–बुडर सडक निर्माण गर्ने संकल्पअनुसार काम अघि बढिरहेको समेत जानकारी दिए।

    ‘चुरे क्षेत्रमा ५ हजार रुख कटान गरेर ट्रयाक खोल्नु सबैभन्दा ठूलो चुनौती थियो,’ उनले भने, ‘मन्त्रालयमा पहल गरेर रुख कटान र ट्रयाक खोल्ने काम सम्पन्न गर्यौं, हरेक वर्ष बजेट विनियोजन भइरहेको छ, काम चाँडै पूरा हुन्छ।’ दोमिल्ला र बेलडाँडी जोड्ने पुल निर्माणको योजना रहेको साउदले जानकारी दिएका हुन्।

    ‘भेटघाट र सुन्दरफाँटा जोड्नका लागि पुल निर्माणाधीन अवस्थामा छ, श्रीपुरमा डीप ट्युबेल निर्माण गरिएको छ,’ उनले भने, ‘सिँचाइ मन्त्री हुँदा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माणको सुरुवात गरेका थियौं, त्यसपछि निरन्तर रुपमा तटबन्ध गर्दै आएका छौं।’ साउदले केही काम अधुरा रहेकाले पुनः चुनावी मैदानमा उत्रिएको बताए।

    ‘मैले बोलेका कुरा ५ वर्षका लागि थिए, तर दुई वर्षमै फर्किनुपर्यो,’ उनले भने, ‘अधुरा काम पूरा गर्न फेरि जनतामाझ आएको हुँ।’ उनले आफू जित–हारभन्दा माथि उठेर जनताको सेवा गर्दै आएको बताए। ‘जित हार मैदानमा होला, तर जनतालाई मुटुमा राख्छु, इमान्दारितापूर्वक काम गरेका छौं,’ साउदले भने।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २८ २०७८०१:१७:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend