आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दोलखामा कांग्रेस उम्मेदवार अजयबाबुलाई जिताउन नौ ओटै पालिकामा खटाइएयो 'जेन-जी कमान्डर'

दोलखामा कांग्रेस उम्मेदवार अजयबाबुलाई जिताउन नौ ओटै पालिकामा खटाइएयो 'जेन-जी कमान्डर'

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ५ २०८२

  • 648
    SHARES

  • दोलखामा कांग्रेस उम्मेदवार अजयबाबुलाई जिताउन नौ ओटै पालिकामा खटाइएयो 'जेन-जी कमान्डर'

    दोलखा - दोलखामा चुनावी सरगर्मी बढ्दै जाँदा नेपाली कांग्रेसले नयाँ पुस्तालाई लक्षित गर्दै 'जेन-जी' परिचालन समितिका पालिका संयोजकहरू नियुक्त गरेको छ। नेपाली कांग्रेस जेन-जी परिचालन समिति दोलखाका संयोजक महेन्द्र खड्काले जिल्लाका नौ ओवटै स्थानीय तहमा संगठन सुदृढीकरण र युवाहरूको प्रभावकारी परिचालनका लागि संयोजकहरूको जिम्मेवारी बाँडफाँट गरेका हुन् । 

    मंगलबार एक सूचना जारी गर्दै उनले नवनियुक्त संयोजकहरूलाई आ-आफ्नो कार्यक्षेत्रभित्र युवाहरूको संगठन निर्माण, समन्वय र परिचालन गर्दै पार्टीको नीति तथा आदर्शअनुसार सक्रिय रहन निर्देशन दिएका छन् ।

    समितिले भीमेश्वर नगरपालिकाको संयोजकमा सुशील रिजाल र जिरी नगरपालिकामा रमेश खड्कालाई जिम्मेवारी सुम्पेको छ। त्यस्तै कालिन्चोक गाउँपालिकामा रामकृष्ण धामी, मेलुङमा मनोज भण्डारी, बैतेश्वरमा प्रशान्त तामाङ र शैलुङमा अम्बर मोक्तानलाई संयोजक तोकिएको छ । 

    तामाकोशी गाउँपालिकाको नेतृत्व सौगात खड्काले सम्हाल्नेछन् भने बिगुमा प्रेम दोर्जे शेर्पा र गौरीशंकर गाउँपालिकामा प्रेम तामाङलाई संयोजक नियुक्त गरिएको खड्काले जानकारी दिए ।

    यसअघि दोलखाबाट संघीय संसद्का लागि स्वतन्त्र उम्मेदवारी दिएका जेन-जी पुस्ताका अगुवा महेन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन गरेका थिए । उनकै नेतृत्वमा अहिले जिल्लाभर युवा परिचालनको काम अघि बढाइएको हो । 

    अनुभवी र प्रष्ट भिजन भएका व्यक्तिलाई समर्थन गर्दामात्र समाजमा वास्तविक परिवर्तन आउने विश्वासका साथ आफूले उम्मेदवारी स्थगन गरेर शिवाकोटीको चुनावी अभियानमा होमिएको खड्काले बताए ।

    उनले आजको समयमा भावनामा बहकिएर भन्दा पनि ठोस नतिजा दिन सक्ने नेतृत्वलाई साथ दिनु आवश्यक रहेकोमा जोड दिएका छन् । शिवाकोटी जस्तो बौद्धिक र जुझारु व्यक्तित्वले संसद्मा दोलखाको आवाजलाई प्रभावशाली ढङ्गले बुलन्द पार्न सक्ने खड्काको ठम्याइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर २४ २०७८१०:४९:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend