चितवन । चितवनमा निलगाईको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–२५ स्थित राप्ती दुन सामुदायिक वनमा निउरो टिप्न गएकी एक महिलाको मृत्यु भएको हो।
निलगाईको आक्रमणबाट भरतपुर–२४ बस्ने ६५ वर्षीय लक्ष्मी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनी आइतबार दिउँसो २ बजेको समयमा साथीहरुसँग वनमा निउरो टिप्न गएकी थिइन्।
निउरो टिप्ने क्रममा अचानक निलगाईले आक्रमण गर्दा उनको शरिरको दाहिने कोखामा चोट लागेको थियो।
निलगाईको आक्रमणबाट घाइते भएकी नेपालीको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बेलुका ४ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।