आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

श्राद्धमा खाएका एकको मृत्यु, १५ जना बिरामी : डाक्टरले खुलाए रहस्य

श्राद्धमा खाएका एकको मृत्यु, १५ जना बिरामी : डाक्टरले खुलाए रहस्य

  • मिडिया डबली
  • बुधवार, भाद्र ३१ २०७७

  • 4.8K
    SHARES

  • श्राद्धमा खाएका एकको मृत्यु, १५ जना बिरामी : डाक्टरले खुलाए रहस्य

    कैलाली- कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन्। गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन्। बिरामी भएकामध्ये एकजनाको मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    श्राद्धमा खाना खाएर बिरामी परेका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। बिरामी भएका अन्य १५ जनाको सेती प्रादेशिक, नवजीवन र माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    वडाध्यक्ष रवीन्द्र शाहीका अनुसार यही भदौ २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन्। सेती अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ ९खाद्य विषाक्तता० का कारण उनीहरु बिरामी परेको बताए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक ११ २०७७०७:०८:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend