अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिवान लडाकूले गरेको आक्रमणमा परी कम्तीमा सात प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनापछि अन्य चार प्रहरी सम्पर्कमा आएका छैनन् ।
कुन्दुजको खान अवाद जिल्लाको दागरीमा रहेको प्रहरीको एउटा सुरक्षा जाँच केन्द्रमा विद्रोहीले आक्रमण गरेपछि प्रतिकारका क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रशासन प्रमुख कुद्रातुल्ला साफीले बताए ।
साफीले भने, “तालिवान विद्रोहीहरूले सुरक्षा जाँच केन्द्रमा शनिबार विहानै एक्कासी आक्रमण गरेपछि भएको घण्टौ लामो भिडन्तमा सात प्रहरी अधिकारीको मृत्यु भएको छ भने चार अन्य प्रहरी घटनापछि सम्पर्कमा आउनसकेका छैनन् ।”
प्रहरीले हराइरहेका सुरक्षाकर्मीलाई विद्रोहीले अपहरण गरी लगेको हुनसक्ने बताएकोे छ ।
शान्तिवार्ताका लागि दोहामा रहेको तालिवान नेतृत्वले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । तर स्थानीयले घटनाको पुष्टि गरेका छन् । स्थानीयका अनुसार तालिवानी लडाकू र प्रहरीबीच कम्तीमा दुई घण्टा भिडन्त भएको र दुवैतर्फ क्षति भएको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।