काठमाडौं । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ।
चौरासी वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको सर्वाेच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।
स्वास्थ्यमा केही समस्या देखिएपछि उनी केही दिनदेखि त्यहाँ उपचाररत थिइन्। सर्वोच्च अदालतमा पुग्ने उनी दोस्रो महिला न्यायाधीश थिइन्।
सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ वि सं. २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहिन्। उनी अधिकृत देखिनै न्यायक्षेत्रमा कार्यरत थिइन्।
उनको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिँदैछ। उनका दुई छोरा छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।